यस स्वर्ण बहूउेश्यीय सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ बमोजिम सहकारी मुल्य मान्यता र सिदान्तलाई शिरोपन गरि मिति २०६३/०६/३ गते डिभिजन सहकारी कार्यालय ललितपूरमा दर्ता गरि हालको परिमार्जित ऐन, नियमानूसार ललितपूर जिल्ला भरिको (प्युटार, गिम्दी, आश्राङ्ग, माल्टा र ठुला दूर्ललूङ्ग बाहेक) कार्यक्षेत्र स्वीकृत लिइ वित्तिय तथा बहूउद्देश्यीय कारोबार गर्न स्वीकृत प्राप्तगरि हालसम्म केन्द्रिय कार्यालय ल.पू.म.न.पा. २६ साविक सूनाकोठी गा.वि.स. वडा नं. ०५, सदस्य सूविधा काउण्टर सातदोबाटो वडा नं. १४ र अर्काे सदस्य सूविधा काउण्टर ल.पू, जिल्ला गोदावरी न.पा. वडा नं. १० स्थित चापागाउ प्यांगाउ बसपार्कमा रहेको छ । स्थानिय सक्षम यूवा वर्गहरु, अवकाश प्राप्त अनूभवी कर्मचारीहरु, बूद्धिजिवीहरु, बैकिंग क्षेत्रमा अब्बल अनूभव प्राप्त व्यक्तित्ववर्गहरु, विभिन्न क्षेत्रमा सफल व्यवसायीहरुको व्यवस्थापन, राय, सूझाव, सरसल्लाहमा अभिभावकत्व प्राप्त गरि यस सहकारी संस्थालाई अब्बल सहकारी बनाउन सफल संस्था हो ।
संसारको कुनैपनि कुनाबाट छिटो, छरितो र भरपर्दो एवं सुरक्षित तरिकाबाट उत्कृष्ट रेमिट कम्पनी मार्फत पठाएको रकम स्वर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाट तुरुन्त भुक्तानी प्राप्त गर्नुहोस् ।